Monday, March 14, 2016

गजल

गुलाब को फूल सम्झन्थे,
जिन्दगी सघर्षको मैदान रहेछ

खुसियालीको बहार सम्झन्थे,
जिन्दगी आसु को भेल रहेछ

मायाको फूलबारी सम्झन्थे,
जिन्दगी एक्लो बनाई टाढा हुत्याइदिदो रहेछ

ईश्वरको बरदान सम्झन्थे,
कहाली लाग्दो रात बन्न पुग्दो रहेछ

फूल फुल्न खोजेको थियो,
जिन्दगी कोपिला मै ओइली गए छ

के भन्नु के भयो,
जिन्दगी दुई दिनको घाम छायाँ मात्रै भो

नत बिर्सन सके उनको माया लाई
नत आफ्नो बनाएर मायागर्न सके

नत दिलमा सजाउन सके उनलाई
नत घिर्णा गरी दिलबाट निकाल्न सके